बृष, कर्कट र धनु राशीको काम बन्ने, तपाईंको दिन कस्तो ?-Sutra News

बृष, कर्कट र धनु राशीको काम बन्ने, तपाईंको दिन कस्तो ?

बुधबार, १४ चैत्र २०८०

बुधबार, १४ चैत्र २०८०

आज मिति विं.सं. २०८० चैत १४ गते बुधबार । सन् २०२४ मार्च २७ तारिख । आज नेपालमा सूर्योदय बिहान ५ः५९ बजे भयो भने सूर्यास्त साँझ ६ः१८ बजे हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

धार्मिक तथा सामाजिक काममा रुचि जाग्ने समय छ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिएला । आयआर्जनका नया स्रोतहरू थपिनेछन् भने कामको दायित्व बढ्नेछ । प्रेमपात्र सित भेटघाट हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता र मित्रजनको सहयोग प्राप्त होला ।

बृष

नयाँ उद्योग धन्दाको थालनी गर्न सकिने दिन छ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । अध्ययन तथा ध्यापनमा सुधार हुनेछ । सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । व्यापार व्यवसायमा प्रगति हुनेछ । खर्च भने सामान्य बढ्ने योग छ । मिठो भोजन प्राप्त होला । आरोग्यता रहनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागको भाव वृद्धि होला । आफन्तको साथ मिल्नेछ । उत्साह बढ्नेछ ।

मिथुन

परिवारजनसँग आत्मीयता बढ्ने समय छ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिएला । आर्थिक अभावले केही सताउन सक्छ । विश्वास गरेकाले धोका दिन सक्छन्, होसियार रहनुहोला । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । पराक्रम र आरोग्यता बढ्नेछ । शत्रुपक्ष परास्त होलान् ।

कर्कट

व्यापारमा फाइदा हुने दिन छ । यसका बाबजुद आर्थिक अभावले सताएको अनुभूति होला । नियमित कार्य व्यवहारमा केही उतारचढाव आउला । स्वास्थ्यसम्बन्धी समस्याले सामान्य सताउन सक्छ । विद्यार्थीहरूका लागि भने अनुकूल समय छ । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक सुखको अवस्था रहनेछ ।

सिंह

चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइएला । नाता–कुटुम्बको सहयोग प्राप्त हुनेछ । व्यापार–व्यवसाय विस्तार हुने योग छ । मिठो भोजन प्राप्त होला । आरोग्यता र सुख बढ्नेछ । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या

गरेका कामबाट प्रशस्त लाभ हुने समय छ । आयआर्जनका स्रोत बढ्नेछन् । श्रमको उचित मूल्यांकन होला । सन्तान पक्षबाट सुख मिल्ने योग छ । रोकिएका काम सुरु हुनेछन । बौद्धिक पक्ष सबल बन्नुका साथै मानसम्मान पाइनेछ । पारिवारिक सुखशान्ति समृद्धिका साथै पराक्रम बढ्नेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । बौद्धिक तथा रचनात्मक काममा सफलता मिल्नेछ । यात्रा सुखद रहला ।

तुला

टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । धन आर्जन होला । आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । ग्रहको प्रभावले प्रतिकूल स्थानान्तरण जस्ता समस्या आइपर्न पनि सक्छ, सचेत रहनुहोला । कर्मबल वृद्धि हुनेछ । पराक्रममा बढोत्तरी हुनेछ ।

बृश्चिक

कर्मबल वृद्धि हुनेछ तर धेरै परिश्रमबाट थोरैमात्र लाभ मिल्ने समय छ । खर्च पनि बढ्ला । पति–पत्नीबीच असमझदारी बढ्न सक्छ । साझेदारीको काममा लाभ छ । आरोग्यता बढ्नेछ । सुख–सुविधाको बस्तु खरिदमा खर्च हुने योग छ । आजको दिन योजना र बजेट बनाएर मात्र कार्य गर्नु हितकर हुनेछ ।

धनु

आय आर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ । विश्वास गरेका साथीभाइले नै धोका दिने र परिवारजनले समेत साथ नदिन सक्छन्, विशेष सावधान रहनुहोला ।

मकर

पढाइ लेखाइमा प्रगति हुने समय छ । धर्मकर्म र समाजसेवामा विशेष लगाव बढ्ला । नयाँ शिप तथा ज्ञान प्राप्त हुने योग छ । यात्रा उपलब्धीमूलक बन्नेछ । काममा उत्साह जाग्नेछ । दामपत्यसुख रहनेछ । सन्तान पक्षबाट पनि सुख प्राप्त होला । नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ

चिताएको काम बन्ने समय छ । कुटुम्ब वा आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिएला । वैदेशिक क्षेत्रबाट लाभ उठाउने योग छ । परिश्रमको राम्रो मूल्यांकन हुुनेछ । दाम्पत्यसुख र आनन्द वृद्धि हुनेछ । आरोग्यता रहला । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मीन

खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । तर, पारिवारिक समस्याहरू देखापर्न सक्ने योग छ । मित्रजनसँग सामान्य मनमुटाव हुन सक्छ । विश्वासमा पारेर धोका दिनेहरू सक्रिय रहलान् । आफन्तको साथ पनि कमै मिल्नेछ । आरोग्यता रहला । प्रतिकुलताका बाबजुद सुखविलासको भाव पैदा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट