श्री एअरलाइन्सले भित्र्यायो दुई ठूला जहाज-Sutra News

श्री एअरलाइन्सले भित्र्यायो दुई ठूला जहाज

मंगलबार, १३ चैत्र २०८०

मंगलबार, १३ चैत्र २०८०

काठमाडौं । निजी क्षेत्रको श्री एअरलाइन्सले थप दुई जहाज भित्र्याएको छ । उक्त एअरलाइन्सलले मंगलबार ८० सिट क्षमताका दुई जहाज काठमाडौं अवतरण गराएको हो ।



एअरलाइन्सले क्यानडाको डी हाभिलैण्ड अफ क्यानडाद्वारा निर्मित ‘ड्यास एट’ जहाज ल्याएको छ । जहाजको कलसाइन नाइनएन–एओके र नाइनएन-एओएल रहेको श्री एअरलाइन्स लिमिटेडका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिए ।

ती जहाज यसअघि अमेरिकाको होराइजन एअर र अलास्का एअरले उडाएको थियो । थपिएका दुवै जहाज नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रक्रिया पूरा गरेर चाँडै व्यावसायिक उडानमा लगिने संस्थागत प्रबन्धक मानन्धरले बताए ।

योसँगै श्री एअरलाइन्ससँग अब १० जहाज उपलब्ध छन् । कम्पनीका हाल आठ हेलिकोप्टर पनि सञ्चालनमा छन् । श्री एअरलाइन्सले सन् २०१७ देखि ५० सिट क्षमताका दुई सिआरजे २०० तथा ७० सिट क्षमताको दुई आर जे ७०० जेट विमानबाट नेपालको विभिन्न गन्तव्यमा नियमित उडान सञ्चालन थालेको हो ।

सन् २०१९ देखि दुई तथा सन् २०२२ देखि थप दुई ८० सिट क्षमताका जहाज ल्याएको उक्त कम्पनीले जहाज थपेर उडान गन्तव्य विस्तार गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट