श्रीमतीको हत्या गर्ने २२ वर्षीय श्रीमान पक्राउ-Sutra News

श्रीमतीको हत्या गर्ने २२ वर्षीय श्रीमान पक्राउ

मंगलबार, १३ चैत्र २०८०

मंगलबार, १३ चैत्र २०८०

काठमाडौं । श्रीमानले धारिलो हतियार प्रहार गर्दा बाँकेको कोहलपुरमा श्रीमतीको मृत्यु भएको छ । कोहलपुर नगरपालिका १४ बस्दै आएका २२ वर्षीय अनिल विकले २१ वर्षीया श्रीमती सुशीला सुनारको हत्या गरेको जिल्ला प्रहरीले कार्यालयले जनाएको छ ।



दुई जनाबीच विवाद हुँदा हत्या भएको प्रहरीले जनाएको छ । बर्दियाको बाँसगढी घर भएका अनिल दम्पती बाँकेको कोहलपुर १४ पार्वतीपुरमा बस्दै आएका थिए ।

गम्भीर घाइते भएकी सुशीलालाई नेपालगञ्ज मेडिकल कलेजको हलपुर पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको हो । श्रीमतीको हत्या अभियोगमा अनिललाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट