राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडीसहित पाँच जनाले पाए सफाइ-Sutra News

राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडीसहित पाँच जनाले पाए सफाइ

सोमबार, १२ चैत्र २०८०

सोमबार, १२ चैत्र २०८०

काठमाडौं । क्रिकेटका अलराउण्डर आदिल अन्सारी र राष्ट्रिय टिमका पूर्वखेलाडी महबुब आलमसहित पाँच जनालाई काठमाडौं जिल्ला अदालतले सफाइ दिएको छ ।



न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले उनीहरूलाई स्पट फिक्सिङको दाबी नपुगेको भन्दै सफाइ दिएको हो । उनीहरुलाई गत वर्ष काठमाडौंमा भएको नेपाल टी २० लिगमा स्पट फिक्सिङ गरेको आरोप लागेको थियो ।

पक्राउ परेपछि उनीहरू गत वर्ष तीन लाख रुपैयाँ धरौटीमा छुटेका थिए । आदिलले नेपालबाट ६ ओडीआई र ८ टी २० आई खेल खेलेका छन् । विष्फोटक ब्याटर आदिल आरोपसँगै नेपाली टोलीमा छैनन् ।

आदिलसहित केही क्रिकेटरलाई स्पट फिक्सिङको प्रस्ताव महबुब आलमले गरेको आरोप लागेको थियो । महबुबले २००८ मा मोजाम्बिकविरुद्ध ७.५ ओभरमा १ मेडनसहित १२ रन खर्चेर १० विकेट लिँदै गिनिज बुकमा नेपाल लेखाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट