दुर्गा प्रसाईंको पक्षमा सर्वोच्चले दियो सरकारलाई आदेश-Sutra News

दुर्गा प्रसाईंको पक्षमा सर्वोच्चले दियो सरकारलाई आदेश

सोमबार, १२ चैत्र २०८०

सोमबार, १२ चैत्र २०८०

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्षमा सर्वोच्च अदालतले आदेश दिएको छ । झापाको बिर्तामोडमा रहेको प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन अदालतले आदेश जारी भएको हो ।



बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन न्यायाधीश डा. कुमार चुडाँल र सारङ्गा सुवेदीको इजलासले सरकारको नाममा आदेश दिएको हो । अदालतले रिट निवेदककै पक्षमा रिट जारी गरेकाले अब प्रसाईँको लगानीमा रहेको झापाको बीएण्डसी मेडिकल कलेजले एमबिबिएस अध्यापन गराउन पाउने बाटो खुलेको छ ।

मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट एलओआई पाएर संरचना निर्माण गरे पनि सरकारले अनुमति नदिएको भन्दै व्यवसायी प्रसाईँले सर्वोच्चमा रिट दायर गरेका थिए । उनले चिकित्सा शिक्षा आयोग, काठमाडौं विश्वविद्यालयलगायतलाई विपक्षी बनाएर २०७७ असारमै रिट दायर गरेका थिए। तर, उक्त रिट हालसम्म विचाराधिन अवस्थामा थियाे ।

प्रसाईले २०६८ सालमा शिक्षा मन्त्रालयबाट मेडिकल कलेज सञ्चालनका लागि मनसायपत्र प्राप्त गरेका थिए। तर, विभिन्न कारण देखाउँदै उनले कलेज सञ्चालनकाे सम्बन्धन भने पाउन सकेका थिएनन् ।

तत्कालिन समय प्रसाईंको कलेजलाई सम्बन्धन नदिन माग गर्दै अभियन्ता डा. गोविन्द केसीले पटक-पटक अनशन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट