छोराको जिम्मामा रिहा भए पूर्वसभामुख महरा-Sutra News

छोराको जिम्मामा रिहा भए पूर्वसभामुख महरा

शुक्रबार, ९ चैत्र २०८०

शुक्रबार, ९ चैत्र २०८०

काठमाडौं । पूर्वसभामुख कृष्ण बहादुर महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छोराको जिम्मा लगाएको छ । महरालाई उनका छोरा निर्मलको जिम्मामा जमानीमा छाडिएको प्रहरीले जनाएको छ ।



महराका छोरा राहुल यही मुद्दामा पुर्पक्षका लागि लामो समयदेखि थुनामा छन् । उनीसहित पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसमेत प्रहरी नियन्त्रणमा छन् ।

यसैबीच सुन तस्करी प्रकरणमा गत सोमबार नेकपा माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका महरालाई पक्राउ गरिएको थियो । सीआईबी र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको टोलीले महराको बयान सकिएसँगै आज जमानीमा छाडेको हो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता सन्देश श्रेष्ठका अनुसार काठमाडौं अदालतले दिएको चार दिनको म्यादभित्र बयान सकिएसँगै महरा रिहा भएका हुन् ।

महरालाई गत सोमबार कपिलवस्तुबाट प्रहरीले पक्राउ गरी काठमाडौं ल्याएको थियो । सुनको अवैध तस्करी एवम् नियन्त्रणसम्बन्धी जाँचबुझ गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वमा गठित आयोगले महराविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट