कर्मचारी र जनप्रतिनिधिका छोराछोरीलाई सामूदायिक विद्यालयमा पढाउन निर्देशन-Sutra News

कर्मचारी र जनप्रतिनिधिका छोराछोरीलाई सामूदायिक विद्यालयमा पढाउन निर्देशन

मंगलबार, ६ चैत्र २०८०

मंगलबार, ६ चैत्र २०८०

काठमाडौं । मुसिकोट नगरपालिका र छत्रकोट गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीका छोराछोरीले अब सामूदायिक विद्यालयमा पढ्ने भएका छन् ।



दुवै पालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै जनप्रतिनिधिका सन्तानलाई सामूदायिक विद्यालयमा अध्यापन गराउन निर्देशन जारी गरेका हुन् ।

छत्रकोट गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै गाउँपालिकाका जनप्रतिनिधि, गाउँपालिकाभित्र कार्यरत राष्ट्रसेवक कर्मचारी, शिक्षक, विद्यालय कर्मचारी, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संकका सम्पूर्ण पदाधिकारीले आगामी शैक्षिक सत्र २०८१ देखि आफ्ना छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गर्न निर्देशन दिएको हो ।

मुसिकोट नगरपालिकाले पनि नगरपालिका अन्तर्गतका सरकारी सेवा सुधिवा लिने जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीका छोराछोरीलाई सामूदायिक विद्यालयमै भर्ना गर्न अनुरोध गरेको छ ।

मुसिकोट नगरपालिकाका प्रमुख जीवन खरेलले सरकारी सेवा सुविधा लिनेलाई सामूदायिक विद्यालयको गुणस्तर सुधार गर्नका लागि नैतिक प्रश्न सिर्जना भएकाले निर्णय गरेको बताए ।

‘सामूदायिक विद्यालय सुधार्नका लागि पहिले हामीले आफ्नै बालबालिका सामूदायिक विद्यालयमा पढाउनु पर्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट