देशैभरका अशक्त, विपन्न नागरिकहरुको निःशुल्क उपचार गर्ने बालेनको घोषणा-Sutra News

देशैभरका अशक्त, विपन्न नागरिकहरुको निःशुल्क उपचार गर्ने बालेनको घोषणा

आइतबार, १६ बैशाख २०८१

आइतबार, १६ बैशाख २०८१

काठमाडाैं । अशक्त, विपन्न भएकै कारण उपचारबाट बञ्चित हुनुपरेको छ भने अब तपाइँले चिन्ता लिनुपर्दैन । काठमाडौं महानगरपालिकाले निःशुल्क उपचार गरिदिनेछ । यो सुविधा काठमाडौँ महानगरबासीका लागि मात्र होइन देशभरमा तपाइँ जुनसुकै पालिकाको बासिन्दा हुनुहुन्छ भने पनि तपाइले नि:शुल्क उपचारको यो सेवा पाउनुहुनेछ ।



काठमाडौँ महानगरपालिकाले देशभरका अशक्त र विपन्न नागरिकहरुको निःशुल्क उपचार गर्ने घोषणा गरेको हाे । महानगर प्रमुख बालेनले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका हुन् । उनले देशभरका अशक्त र विपन्न नागरिकहरुलाई उपचारका लागि काठमाडौँ आउन आब्हान पनि गरेका छन् ।

‘नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरुले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफरिस लिएर काठमाडौँ महानगर आउनुहोला’, साहले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

बालेनले बिरामीहरुका लागि बेड उपलब्ध गराउने महानगरको क्षमता रहेको उल्लेख गरेका छन् । ‘हामीसँग ५२ अस्पतालका ३ सय ७४ बेड छन्, त्यहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुनेछ’, उनले भनेका छन ।

उनले अशक्त र गरीव भएकै कारण उपचारबाट बञ्चित भएका टोल, छिमेक वा आफन्तहरुमा कोही भए खबर गरिदिन पनि सबैलाई आब्हान गरेका छन् । यसका लागि उनले सम्पर्क नं. ११८० वा काठमाडौँ महानगरको स्वास्थ्य विभागमा सम्पर्क गर्न पनि भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट