फेरि बढ्याे सुनचाँदीकाे मूल्य-Sutra News

फेरि बढ्याे सुनचाँदीकाे मूल्य

मंगलबार, ६ चैत्र २०८०

मंगलबार, ६ चैत्र २०८०

काठमाडाैं । स्थानीय बजारमा सुनकाे मूल्य फेरि बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबारकाे तुलनामा मंगलबार सात सय रूपैयाँले बढेकाे हाे ।



मंगलबार छापावाला सुन प्रतितोला रु एक लाख २५ हजार दुई सय कायम भएको महासंघले जनाएकाे छ । सोमबार छापावाला सुन प्रतितोला रु एक लाख २४ हजार पाँच सयमा कारोबार भएको थियो ।

यस्तै, तेजावी सुन पनि प्रतितोला रु सात सयले बृद्धि भएको छ । महासंघका अनुसार मंगलबार तेजावी सुन प्रतितोला रु एक लाख २४ हजार छ सय कायम गरेको छ । सोमबार तेजावी सुन प्रतितोला रु एक लाख २३ हजार नौ सय मूल्यमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्यमा सामान्य बृद्धि भएको छ । सोमबार प्रतितोला रु एक हजार पाँच सय २० मा कारोबार भएको चाँदी आजका लागि रु एक हजार पाँच सय २५ निर्धारण भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट