बोइलर विस्फोट हुँदा ४० जना घाइते-Sutra News

बोइलर विस्फोट हुँदा ४० जना घाइते

आइतबार, ४ चैत्र २०८०

आइतबार, ४ चैत्र २०८०

काठमाडौं । भारतको हरियाणाको रेवारीमा रहेको कारखानामा शनिबार साँझ बोइलर विस्फोट हुँदा करिब ४० जना घाइते भएका छन् ।



‘रेवारीको धरुहेडास्थित कारखानामा बोइलर विस्फोट भएको हो, हामीले अस्पतालमा खबर गरेर एम्बुलेन्स घटना स्थलमा पठाइसकेका छौँ, विस्फोटमा करिब ४० जना घाइते भएका छन्, गम्भीर घाइते एक जनालाई उपचारका लागि रोहतक पठाइएको छ,’ शल्य चिकित्सक डा. सुरेन्द्र यादवले भने ।

घाइतेको हाल रेवारीस्थित सर सदिलाल ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घटनाको जानकरी पाएलगत्तै प्रहरीको टोली घटना स्थलमा पुगेर घाइतेलाई रेवारीस्थित ट्रमा सेन्टरमा भर्ना गरिएको थियो ।

‘हामीले धरुहेडाको कारखानामा बोइलर विस्फोट भएको जानकारी पाएका छौँ, घाइतेको रेवारीस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ, गम्भीर घाइतेलाई उपचारका लागि रोहतक पठाइएको छ, हालसम्म कुनै मृत्युको खबर आएको छैन,’ नगर प्रहरी चौकीका प्रमोद कुमारले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट