बढ्न सकेन शेयर बजार, कारोबार रकम पनि घट्यो-Sutra News

बढ्न सकेन शेयर बजार, कारोबार रकम पनि घट्यो

आइतबार, ४ चैत्र २०८०

आइतबार, ४ चैत्र २०८०

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । १०.६२ अंकले घट्दै बजार २०७०.२५ को बिन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार समग्रमा बजार ०.५१ प्रतिशतले घटेको छ ।



लगातार बृद्धिका बीच शेयर बजार गत सातादेखि नै घट्न थालेको थियो । बुधबार एक अंकले घटेको बजार बिहीबार दोहोरो अंकले घट्दै कारोबार बन्द भएको थियो ।

आइतबार कारोबारमा आएका २४४ कम्पनीमध्ये १५० कम्पनीको मूल्यमा गिरावट आयो भने जम्मा ८४ कम्पनीको मूल्यमा बृद्धि भयो । १० कम्पनीको मूल्य भने यसअघिकै कायम रहेको स्टक एक्सचेन्जले जनाएको छ ।

बजार गिरावटका बीच पनि सप्तकोशी विकास बैंकको मूल्यमा सकारात्मक सर्किट लागेको छ भने गुराँस लघुवित्तको मूल्य सर्किट लेभलमा बृद्धि भएको स्टक एक्सचेन्जले जनाएको छ ।

बजार घटेसँगै कारोबार रकम पनि घटेको स्टक एक्सचेन्जले जनाएको छ । यसदिन ८४ लाख ६ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा कारोबार रकम तीन अर्ब ३८ करोड ७९ लाख रुपैयाँ बराबरको भएको स्टक एक्सचेन्जले जनाएको छ । जुन यसअघिका दिनभन्दा कम कारोबार रकम हो ।

यस दिन सर्वाधिक शिवम् सिमेन्ट, सोनापुर मिनरल्स र माथिल्लो तामाकोशीको कारोबार भएको स्टक एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट