महिलामा भिटामिन डीको कमी हुँदा हुन्छ यस्ता रोगको जोखिम-Sutra News

महिलामा भिटामिन डीको कमी हुँदा हुन्छ यस्ता रोगको जोखिम

आइतबार, ४ चैत्र २०८०

आइतबार, ४ चैत्र २०८०

घरपरिवारको जिम्मेवारीको बोझले उचितरूपमा महिलाले आफ्नो स्वास्थ्यको ख्याल गर्न सक्दैनन् । प्रायः महिलामा शरीरका आवश्यक पोषक तत्वहरू कमी भइरहेकाे पाइ्न्छ । जसकाे कारण महिलाहरूले धेरै किसिमका रोग र कमजोरीको सामना गर्नुपर्ने हुन्छ ।



यस्तै एउटा पोषक तत्व हो भिटामिन डी, जसको कमी धेरै महिलामा देखिन्छ । तर, भिटामिन डिकाे कमी हुनुन निकै नै जाेखिमपूर्ण हाे । यसकाे कमीले स्ट्रोक, हड्डी र जोर्नीहरूमा दुखाइको सामना गर्नुपर्ने हुनसक्छ भने राेगप्रतिराेधात्मक क्षमता कम हुँदा अन्य राेगसँग लड्ने अवस्था कमजाेर हुन्छ । जसकाे कारण अन्य राेगहरू बढ्ने जाेखिम हुन्छ ।

भिटामिन डीको कमीको लक्षण

1. धेरै बिरामी हुनु

जसको शरीरमा भिटामिन डीको मात्रा कम हुन्छ, उनीहरुको रोग प्रतिरोधात्मक क्षमतामा ह्रास हुन्छ र उनीहरू धेरै बिरामी हुन्छन् । तपाईंको शरीरमा पाइने भिटामिन डीले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ । जसले संक्रमण र रोगहरूको जोखिम कम गर्छ।

2. थकान

भिटामिन डीको कमीका कारण महिलाहरूलाई दैनिक जीवनका सामान्य गतिविधिहरू गर्नसमेत गाह्रो हुन्छ । उनीहरूलाई प्रायः थकान र कमजोरीको सामना गर्नुपर्ने हुन्छ । किनभने यस्तो अवस्थामा शरीरमा रगतमा चिनीको मात्रा घट्छ।

3. तनाव

भिटामिन डीले हाम्रो मानसिक स्वास्थ्यलाई राम्रो राख्न मद्दत गर्छ भन्ने कुरा धेरै कम मानिसलाई थाहा छ। महिलाहरू भावनात्मक रूपमा संवेदनशील मानिने भएकाले उनीहरूले यी भिटामिनहरू पाउनु पर्छ । अन्यथा उनीहरू तनाव र डिप्रेसनको शिकार हुनेछन्।

4. हड्डीमा कमजोरी

क्याल्सियम जस्तै भिटामिन डीलाई पनि हड्डी बलियो बनाउन जिम्मेवार मानिन्छ । यदि महिलाकाे शरीरमा भिटामिन डीकाे मात्रा पर्याप्त पर्याप्त भएन भने उनीहरुको हड्डी कमजोर हुन्छ र धेरै दुखाइ हुन्छ ।

भिटामिन डी पाउन के गर्ने ?

भिटामिन डीलाई सनसाइन भिटामिन पनि भनिन्छ किनभने यो सूर्यको किरणबाट शरीरमा उपलब्ध हुन्छ। यदि तपाइँ हरेक दिन 10 देखि 20 मिनेट घाममा बस्नुभयो भने तपाइँलाई यसको कमी हुनेछैन। यद्यपि, भिटामिन डी केही खानेकुराहरू जस्तै दूध उत्पादन, बोसोयुक्त माछा, च्याउ आदिबाट पनि प्राप्त गर्न सकिन्छ। एजेन्सीबाट

यद्दपि, यहाँ जे लेखिएको भएपनि विज्ञहरूको सल्लाहअनुसार निर्णय लिन हाम्रो आग्रह छ। सं.

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट