माछा मार्न गएका एक जनाको मृत्यु, एक बेपत्ता-Sutra News

माछा मार्न गएका एक जनाको मृत्यु, एक बेपत्ता

सोमबार, १४ फाल्गुन २०८०

सोमबार, १४ फाल्गुन २०८०

काठमाडौं । पोखराको सेती नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । पोखरा महानगर १७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा पोखरा १ घर भएका ४० वर्षीय गंगा तामाङको मृत्यु भएको हो ।



जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार तामाङको शव गएराति सशस्त्र प्रहरीले नदीबाट निकालेको थियो । उनी आइतबार दिउँसो बेपत्ता थिए ।

उनीसँगै माछा मार्न गएका सोही ठाउँमा ४३ वर्षीय रक्सेस तामाङ अझै बेपत्ता भएका छन् । उनको सशस्त्र प्रहरी बलको गोताखोर र विपद् उद्धार टिमले खोजी गरिरहेको छ ।

पाँच जनाको समूह आइतबार दिउँसो माछा मार्न गएका स्थानीयले जनाएको छ । बाँकी तीन जना सकुशल घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट