मधुमेहका बिरामीले के खाने र के नखाने ?-Sutra News

मधुमेहका बिरामीले के खाने र के नखाने ?

आइतबार, १३ फाल्गुन २०८०

आइतबार, १३ फाल्गुन २०८०

मधुमेहका कारण बिरामीहरू प्रायः के खाने र के नखाने भन्ने चिन्तामा हुन्छन् ।



केही खानेकुरा यस्ता छन्, जसले मधुमेह रोगीहरूमा चिनीको मात्रा धेरै हदसम्म बढाउँछ, जबकि केहि खानेकुरा यस्ता छन् जसले चिनीको स्तरलाई नियन्त्रणमा राख्छ। यस्तो अवस्थामा मधुमेहका बिरामीहरू के खाने र के नखाने भन्नेमा सधैँ अन्योलमा रहन्छन् ।

त्यसोभए हामीलाई तपाईंको याे भ्रम हटाउन सहयाेग गर्दैछाैं । आज हामी तपाईलाई मधुमेहको पूर्ण डाइट चार्टको बारेमा बताउन गइरहेका छौं, जसले तपाईलाई के खाने र के नखाने भनेर बुझ्न सजिलो हुनेछ।

सबैभन्दा पहिले थाहा पाउनुहोस् मधुमेह किन र कसरी हुन्छ ?

वास्तवमा जब शरीरमा इन्सुलिन कम मात्रामा उत्पादन हुन्छ, तब मधुमेहको समस्या हुन्छ । यसका साथै आनुवंशिकता र बढ्दो उमेर र मोटोपनाका कारण पनि मधुमेहको जोखिम बढ्छ ।

मधुमेह लागेका व्यक्तिले हरियो सागसब्जी सेवन गर्नु फाइदाजनक हुन्छ । काँचो केरा, अनार, एभोकाडो र अम्बाको सेवन पनि मधुमेहका बिरामीका लागि राम्रो हुन्छ ।

यसबाहेक मधुमेहका बिरामीले दही र दूध जस्ता दुग्धजन्य पदार्थ पनि सीमित मात्रामा सेवन गर्नुपर्छ ।

मधुमेहका बिरामीले खानेकुरामा केही चिजबाट बच्नुपर्छ । मधुमेहका बिरामीले खानामा नुन कम प्रयोग गर्नुपर्छ । यससँगै चिसो पेय पदार्थ, चिनी, आइसक्रिम, टफी, जंक फूड वा तैलीय खानेकुराका कारण चिनीको मात्रा बढ्ने खतरा हुन्छ । यस्तो अवस्थामा मधुमेहका बिरामीले यी सबै कुराबाट टाढा रहनुपर्छ ।

मधुमेह भएका व्यक्तिले खानपानमा ध्यान दिनुका साथै दैनिक योग र व्यायाम गर्नु पनि जरुरी हुन्छ । मधुमेहबाट मुक्ति पाउन धनुरासन, शवासन र कपालभाती जस्ता योग गर्न सकिन्छ । एजेन्सीबाट

यद्दपि, यहाँ जे लेखिएकाे भएपनि विज्ञहरूकाे सल्लाहअनुसार निर्णय लिन हाम्राे आग्रह छ। सं.

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट