यस कारण कम उमेरमा कपाल सेतो हुन्छ, उपचार के हो ?-Sutra News

यस कारण कम उमेरमा कपाल सेतो हुन्छ, उपचार के हो ?

बुधबार, ९ फाल्गुन २०८०

बुधबार, ९ फाल्गुन २०८०

काठमाडौं । सामान्यतया ५० वर्षको उमेरपछि मात्र हाम्रो कपाल सेतो हुने गर्छ । तर, आजभोलि सानै उमेरमा कपाल फुल्ने गरेको हामीले देख्दै आएका छौँ । सानै उमेरमा कपाल फुल्नु अहिले सामान्य समस्या बनेको छ ।



युवाहरूमा मात्रै यो समस्या बढ्दै गएको छैन । बालबालिकासमेत यसको चपेटामा परेका छन् । यस्तो अवस्थामा मनमा यो प्रश्न आउनु सामान्य हो कि सानै उमेरमा कपाल किन सेतो हुन्छ ?

सामान्यतय कपालले आफ्नै प्राकृतिक रंग उत्पादन गर्छ । यो रंगलाई मेलानिन भनिन्छ । प्राकृतिक कपालको रंगमा उत्पादन गरिदिन्छ । तर, कपाललाई आवश्यकताअनुसारको पोषण, आराम र वातावरण नपाउँदा कपालभित्रको संयन्त्र बिग्रन थाल्छ ।

मेलानिनको उत्पादनमा असर परेपछि कपाल पहेँलो हुन थाल्छ । तर, कम उमेरमा कपाल किन सेतो हुन्छ ? भन्ने सही जवाफ कसैसँग छैन । स्वास्थ्य विज्ञहरूका अनुसार बढ्दो प्रदूषण, अस्वस्थ खानपान र तनावका कारण कपालमा नकारात्मक असर पार्छ । आजभोलि २० देखि ३० वर्ष वा त्योभन्दा कम उमेरमा कपाल फुल्ने समस्या देखिनुमा कपालमा रङको उत्पादन कम हुँदै जानु हो ।

सेतो कपाललाई कालो बनाउन सकिन्छ ?

कपालको फोलिकल्समा कोशिकाहरू हुन्छन् । जसले पिग्मेन्ट अर्थात रङहरू उत्पादन गर्छन् । तिनीहरूले मेलानिन नामक रसायन उत्पादन गर्छन् । यसले कपाल कालो बनाउने काम गर्छ ।

जब बुढ्यौली सुरु हुन्छ, यी कोशिकाहरू मर्न थाल्छन् । मेलानिनको कमीले नयाँ कपालमा समस्या निम्त्याउँछ । यदि, तपाईंको कपाललाई एक पटक प्राकृतिक रूपमा कालो गर्न चाहनुहुन्छ भने, तपाईको आहारमा ध्यान दिनु पर्छ । यदि, गलत जीवनशैली र रोगका कारण कपाल सेतो भएको छ भने प्राकृतिक रूपमा फेरि कालो बनाउन सकिन्छ । त्यसमा लागि करी पात, गोसबेरी र भृङ्गराजको प्रयोग गर्न सक्नु हुनेछ ।

कपाल सेतो हुनुको कारण

भिटामिन वि १२ को कमी

निउरोफाइव्रोमेटोसिस एक वंशाणुगत रोग हो । जसले तन्त्रिका, हड्डी र छालालाई असर गर्छ ।

एलोपेसिया एरियाटाको समस्याका कारण कपाल झर्ने र सेलो पनि हुन सक्छ।

समस्याबाट कसरी बच्ने ?

एन्टिअक्सिडेन्ट युक्त खानामा बढी जोड दिने ।

सकेसम्म तरकारी र फलफूलको सेवन गर्ने ।

धुम्रपानबाट टाढा रहने ।

पर्याप्त मात्रामा भिटामिनयुक्त खानाको उपभोग गर्ने । कपाल स्वस्थ राख्न भिटामिन बी १२ सबैभन्दा महत्त्वपूर्ण छ ।

आफ्नो आहारमा खनिजहरू समावेश गर्ने ।

खनिजहरू कपालको वृद्धि र कोशिकाहरूलाई स्वस्थ राख्ने भएकाले यस प्रकारको खानामा जोड दिने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट