जब सावित्राको ‘म यति रोइछैन’ गीत भाइरल बन्यो…-Sutra News

जब सावित्राको ‘म यति रोइछैन’ गीत भाइरल बन्यो…

मंगलबार, ८ फाल्गुन २०८०

मंगलबार, ८ फाल्गुन २०८०

म यति रोइछैन



रुँदा दिल बुझाउनी कोही छैन

घरै मुनी सल्लेरीको बन काट्नु दुःख काटेनी पियार अब तिम्ले नदुखाइदेउ मन…

हामीले सुनिरहने भन्दा फरक अनि गाउँले आवाजमा गुन्जिएको यो भाका अहिले सामाजिक सञ्जालमा निकै भाइरल छ । यो गीत कुनै चर्चित गायिकाले गाएको भने होइन तर, पनि सर्वत्र यसकै चर्चा छ । कारण टाउकोमा रातो पछ्यौरी, लुङ्गी र टिसर्ट अनि निधारमा ठूलो रातो टिकाले सजिएकी एक महिला जसले ओशिलो मुद्रामा निकै नै भावमा डुबेर उक्त गीतमा आवाज भरेकी छन् ।

उनी हुन् गुल्मी भीरखानीकी सावित्रा परियार । चालिस वर्षिया परियार सानैदेखि नै गाउँबेशीमा मेलापात र गोठालो जाँदा यसैगरी गीत गुनगुनाउने गर्थिन् । बाग्लुङमा जन्मीएकी उनी सानैमा बिहे भएर गुल्मी पुगिन् । उनी सानैमा आमा पनि बनिन् ।

अहिले उनको परिवारमा श्रीमान्, तीन छोरी र एक छोरा छन् । छोरीहरु तीनै जनाको बिहे भैसकेको छ भने छोरा जागिरको सिलसिलामा भारतमा छन् । छ जनाको परिवार रहेपनि अहिले भने परियारको घरमा उनी र श्रीमान् मात्रै छन् ।

घाँस दाउरा गर्दा र मेलापातमा आफैले भोगेका दुःखका गीत गुनगुनाउने परियारलाई गुल्मीकै गाउँघरमा हुने मेला महोत्समा पनि गीत गाउनका लागि छरछिमेकीले हौसला दिने गर्थे । यसरी नै महोत्सवमा उनले गुनगुनाएको एक टुक्रा कसैले टिकटकमा हाल्दिएपछि उनले गाएको गीतको टुक्का भाइरल बनेको थियो ।

तर, अहिले उनले गाएको सोही गीत अफिसियलरुपमै रेकर्ड भैसकको छ । साउन्ड इन्जिनियर एच बी.एन किस्मतले उनलाई गुल्मीदेखि काठमाडौं ल्याएर उक्त गित रेकर्ड गराएका हुन् । उक्त गीतको अडियो सार्वजनिक भएपनि भिडियो बनिसकेको छैन । किस्मतका अनुसार अहिले भिडियो निर्माणको काम भइरहेको छ ।

योसँगै सावित्राले लोकदोहोरी गायक अलिफ खानसँग पनि तारा जुनैलाई बोलको गीत गाएकी छिन् ।

सामाजिक सञ्जालमा अत्याधिक खोजी

गीत भाइरल बनेसँगै सावित्रा परियारको सामाजिक सञ्जालमा अत्याधिक खोजी हुन थालेको छ । एकातिर उनको गीतबारे चर्चा भइरहेको छ भने अर्कोतिर सञ्चार माध्यम र यूटुबर उनको खोजीमा लागेका छन् ।

गीत भाइरल बनेसँगै थुप्रै यूट्युबरले उनीसँग संवाद गरिसकेका छन् । उनकै गाउँ अनि घरमा पुगेर थुप्रै यूट्युबरले उनीबारे सामाग्रीहरु निर्माण गरेका छन् ।

अहिले सामाजिक सञ्जालमा उनका जीवनसँग जोडिएका थुप्रै सामाग्री तयार बनेका छन् । जुन निकै हेरिने मध्येमा पनि परेको छ । यसो भनौं भीरखानीकी सावित्रा परियार अहिले सामाजिक सञ्जालमा छाइरहेकी छिन् । सामाजिक सञ्जालको प्रभाव लुकेकी सावित्रा सबैको बीचमा आइपुगेकी छिन् । उनको कलाले ठाउँ पाउन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट