‘टुरिजम हिरो अवार्डस्-२०२४’ आयोजना हुँदै, पर्यटनका ३१ विधामा अवार्ड दिइने-Sutra News

‘टुरिजम हिरो अवार्डस्-२०२४’ आयोजना हुँदै, पर्यटनका ३१ विधामा अवार्ड दिइने

मंगलबार, १ फाल्गुन २०८०

मंगलबार, १ फाल्गुन २०८०

काठमाडौं । ग्लोबल टुरिजम प्रोमोसन काउन्सिलले नेपालमै पहिलो पटक ‘टुरिजम हिरो अवार्डस्-२०२४’ आयोजना गर्ने भएको छ । नेपालको पर्यटन प्रबर्द्धनमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाहरुमध्येबाट विभिन्न ३१ विधामा छनोट गरी अवार्ड प्रदान गर्न लागिएको हो ।



आयोजकले जनाएअनुसार आगामी मार्च १९ मा काठमाडौंमा एक भव्य समारोहका बीच अवार्ड वितरण गरिनेछ ।

जनाइएअनुसार अवार्डमा होटल तर्फका १४ र पर्यटनका अन्य विधातर्फबाट १७ गरी कुल ३१ विधाका पाँच सयभन्दा बढीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । अवार्डको नोमिनेसन मंगलबारबाटै खुला गरिएको आयोजकले जनाएको छ ।

टुरिजम हिरो अवार्डस् २०२४ को आधिकारिक वेभसाइट टुरिजम हिरो डट ओआरजीमा गएर नोमिनेसन गर्न सकिने जनाइएको छ । प्राप्त नोनिनेसनहरुमध्येबाट सर्टलिस्ट गरी भोटिङका लागि योग्य बनाइने आयोजकले जनाएको छ ।

भोटिङ्गलाई पारदर्शी बनाउन तथ्यांक पब्लिक डोमेनमा उपलब्ध गराइने आयोजकले जनाएको छ ।

अवार्डबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै आयोजक संस्था ग्लोबल टुरिजम प्रोमोसन काउन्सिलका अध्यक्ष धमेन्द्र सापकोटाले अवार्ड विशुद्ध पर्यटन प्रबर्द्धनमा योगदान पुर्‍याउने उद्देश्यमा केन्द्रीत रहेको बताए । अवार्ड कार्यक्रमले पर्यटन प्रबर्द्धनमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई प्रोत्साहित गर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट