शनिदेवकाे प्रभाव : ग्रहहरूको चालले यी राशिमा ठूलाे उथलपुथल हुने-Sutra News

शनिदेवकाे प्रभाव : ग्रहहरूको चालले यी राशिमा ठूलाे उथलपुथल हुने

शुक्रबार, १९ माघ २०८०

शुक्रबार, १९ माघ २०८०

आगामी ३० दिन ग्रह र ताराको दृष्टिले निकै महत्वपूर्ण रहनेछ । ज्याेतिषका विज्ञहरूका अनुसार ग्रहको चालमा परिवर्तन हुनेछ ।



बुध, मंगल, शुक्र र सूर्यले आफ्नो राशि परिवर्तन गर्दैछन्। साथै, शनिदेव पनि कुम्भ राशीमा अस्ताउँदैछन् भने सूर्य कुम्भ राशिमा प्रवेश गर्ने भएकाले ग्रह परिवर्तनका कारण मकर राशिमा पनि त्रिग्रही योग बन्न लागेको छ ।

ग्रह र ताराहरुको यो अवस्था कतिपय राशिका लागि निकै शुभ र कतिपयका लागि कष्टदायी रहनेछ । आउनुहोस् जानौं कुन राशिमा कस्ताे प्रभाव ?

मिथुन

मिथुन राशिका लागि आगामी ३० दिन खासै शुभ रहने छैन । शनिदेवले तपाईका धेरै काममा बाधा पुर्‍याउन सक्छन् । यस अवधिमा तपाईलाई धेरै सावधान रहनु आवश्यक छ।

ग्रहको दिशा तपाईको लागि अनुकूल रहने छैन। परिवारका सदस्यहरूसँग मनमुटाव हुन सक्छ। यस राशिका व्यक्तिले आर्थिक हानि पनि भोग्नु पर्ने हुनसक्छ । तपाईंको खर्च पनि बढ्न सक्छ।

धनु राशि

धनु राशिका व्यक्तिहरूले आगामी ३० दिन धेरै उतारचढावको सामना गर्नुपर्ने हुन सक्छ। कार्यस्थलमा धेरै प्रकारका समस्याहरूको सामना गर्नु पर्ने हुनसक्छ । तपाईका योजनाबद्ध कार्यहरू पूरा हुनेछैनन्।

तपाईको हरेक काममा केही बाधा आउन सक्छ । यो महिना तपाईको खर्चमा भारी वृद्धि हुनसक्छ। ग्रहको स्थितिमा परिवर्तन तपाईको लागि शुभ हुनेछैन। यो राशिका व्यक्तिहरुलाई काममा पनि केही समस्या आउन सक्छ ।

कुम्भ राशि

कुम्भ राशिका मानिसका लागि धेरै समस्या हुने देखिन्छ । आगामी ३० दिन धेरै प्रकारको मानसिक तनावबाट गुज्रनेछ।

सूर्य र शनिको संयोजन तपाईका लागि धेरै कष्टदायी साबित हुनसक्छ । व्यावसायको क्षेत्रमा योजना बनाएर काम गर्नुपर्छ । जागिरदेखि व्यापारसम्म सबैमा संघर्षको सामना गर्नुपर्नेछ।

नजिकका व्यक्तिसँग तपाईंको मतभेद बढ्न सक्छ। यो महिनामा धेरै दौडधुप गर्नु पर्ने हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट