साउदीबाट रेमिट्यान्स पठाउने तामाङले पाए सिटि एक्सप्रेसबाट १० गुणा नगद-Sutra News

साउदीबाट रेमिट्यान्स पठाउने तामाङले पाए सिटि एक्सप्रेसबाट १० गुणा नगद

आइतबार, १ पौस २०८०

आइतबार, १ पौस २०८०

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरमार्फत साउदी अरबबाट रिमेट्यान्स पठाउने राजु तामाङले १० गुणा बढी नगद पाएका छन् । “विदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔं” योजनाअन्तर्गत भाग्यशाली तामाङले १० गुणा नगद पाएका हुन् ।



आइतबार चर्चित हाँस्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपाल र कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डनको विशेष उपस्थितीमा विद्युतिय प्रणालीद्वारा विजेता छनौट गर्दा साउदी अरबबाट रेमिटान्स पठाउने तामाङले आफूले पठाएको रकम रू ५३,०७५ (अक्षरूपी त्रीपन्न हजार पचहत्तर)को १० गुणा गरेर रू ५,३०,७५० (अक्षरूपी पाँच लाख तीस हजार सात सय पचास) जित्न सफल भएका हुन् ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत असोज १५ देखि मंसिर १५ गतेसम्म चल्ने गरी चाडपर्व लक्षित उपहार योजना घोषणा गरेको थियो ।

सोही योजनाअन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई जनही रु १००,०००, हरेक हप्ता ५ जनालाई जनही रु २५,००० साथै, ६१ दिन लगातार हरेक दिन १०० जना विजेताहरुलाई जनही रु ५०० को वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफुले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजनामा रहेको थियो ।

जसअन्तर्गत ६१०० जनाले दैनिक उपहार (रु ५०० को वालेट टप् अप ), ४५ जनाले साप्ताहिक उपहार (जनही रु २५,०००) र २ जनाले मासिक उपहार (जनही रु १००,००० ) जित्न सफल भइसकेका छन् ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट