युटिएलसहित तीन कम्पनीको इन्टरनेट अनुमतिपत्र खारेज-Sutra News

युटिएलसहित तीन कम्पनीको इन्टरनेट अनुमतिपत्र खारेज

बिहिबार, २८ मंसिर २०८०

बिहिबार, २८ मंसिर २०८०

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड (युटिएल) सहित तीन सेवा प्रदायकको अनुमतिप्रत्र खारेज गरेको छ ।



बिहीबार एक सूचना सार्वजनिक गर्दै प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड (यूटीएल)सहित कोटेश्वरको म्याक्स नेट सोलुसन प्रालि र भरतपुरको चितवन नेटवर्क प्रालिको अनुमतिपत्र खारेज गरेकाे जनाएकाे हाे ।

प्राधिकरणको अनुमतिपत्र व्यवस्थापन शाखाका अनुसार ती तीनवटै सेवा प्रदायकहरुले अनुमतिपत्र नवीकरण गरेका थिएनन् ।

युटिएलले २०६० साल कात्तिक ५ गते, म्याक्स नेट प्रालिले २०७५ साल मंसिर ६ गते र चितवन नेटवर्क प्रालिले २०७५ साल मंसिर १२ गते इमेलसहितको इन्टरनेट सेवाको अनुमति पत्र पाएका थिए । ती अनुमति पत्र पाँच वर्षपछि नवीकरण गर्नुपर्थ्यो ।

प्राधिकरणले कम्पनीहरुलाई नियमानुसार तिर्न/बुझाउनुपर्ने दस्तुर रकम तथा विवरणहरु ३० दिनभित्र बुझाउन पनि निर्देशन दिएको छ ।

अन्यथा प्रचलित कानुन बमोजिम अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट