आजकाे राशिफल : मेष र धनुकाे दिन निकै लाभदायक, अन्यकाे कस्ताे ?-Sutra News

आजकाे राशिफल : मेष र धनुकाे दिन निकै लाभदायक, अन्यकाे कस्ताे ?

मंगलबार, २६ मंसिर २०८०

मंगलबार, २६ मंसिर २०८०

आज मिति २०८० साल मंसिर २६ गते मंगलबार । तदनुसार डिसेम्बर महिनाकाे १२ तारिख २०२३ । मार्ग कृष्ण पक्ष औशी तिथी । आज बिहान ६ बजेर ४४ मिनेट जाँदा काठमाडाैं उपत्यकामा झुल्किएको घाम भरे साँझ ५ बजेर ९ मिनेटमा अस्ताउने छ ।



मेष
आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। आँटेका काममा साथीभाइबाट सहयोग मिल्नेछ।

वृष
चुनौती पन्छाएर काम बनाउन सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ हुने समय छ। प्रतिस्पर्धीहरूलाई पछि पार्दै नयाँ काममा जग बसाउन सकिनेछ।

मिथुन
स्वास्थ्य चिन्ताले सताउला। अध्ययनमा बाधा हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। लक्ष्य प्राप्त गर्न नसकिएला। नयाँ काम थाल्न समय प्रतीक्षा गर्नुहोला।

कर्कट
फाइदाको स्रोत पहिल्याउन सकिनेछ। महत्त्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। परिवारजनको सहयोगले लाभ उठाउन सकिनेछ।

सिंह
साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। चिताएका काममा बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ।

कन्या
स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। आफ्नो विचार सम्प्रेषण गर्न केही समय प्रतीक्षा गर्नुहोला।

तुला
भेटघाटमा अलमलिनाले चिताएका काममा बाधा उत्पन्न होला। तापनि मिहिनेत गर्दा पछिका लागि फाइदा हुनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला।

वृश्चिक
परिवारजनबाट समेत टाढिनुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। आफ्नै कमजोरीले विवाद निम्त्याउला। सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ।

धनु
अध्ययनमा राम्रै प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने समय छ। सञ्चित धनको उपयोगबाट विशेष फाइदा हुनेछ। श्रमको उचित मूल्यांकन होला। दिन उत्साहवर्द्धक रहनेछ।

मकर
कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि पेसा–व्यवसायमा फाइदा हुनेछ। निरन्तर लागिपर्दा अप्ठ्यारो कामसमेत बन्न सक्छ।

कुम्भ
विगतका कमजोरीमा सुधार आउनेछ। लगनशीलताले लाभ दिलाउन सक्छ। तर मेहनतको फाइदा अरूले उठाउने चेष्टा गर्नेछन्, गोपनीयतामा ध्यान पुर्याउनुहोला।

मीन
आर्थिक लाभ नहुने जिम्मेवारी वहन गर्नुपर्ला। सामूहिक काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। आफ्ना कमजोरी बाहिर आउनाले पनि काममा समस्या पर्न सक्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट