मेष र मीनकाे दिन निकै शुभ, अन्यकाे कस्ताे ?-Sutra News

मेष र मीनकाे दिन निकै शुभ, अन्यकाे कस्ताे ?

बुधबार, १३ मंसिर २०८०

बुधबार, १३ मंसिर २०८०

आज मिति २०८० साल मंसिर १३ गते बुधबार । तद्नुसार नोभेम्बर महिनाकाे २९ तारिख २०२३ ।



मार्ग कृष्ण पक्ष द्धितीया तिथि आज बिहान ६ बजेर ३४ मिनेट जाँदा काठमाडाैं उपत्यकामा झुल्किएको घाम भरे साँझ ५ बजेर ८ मिनेटमा अस्ताउने छ ।

मेष
नयाँ काम प्रारम्भ हुने समय छ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ।

वृष
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। काममा विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा मनग्य फाइदा हुनेछ।

मिथुन
समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ। भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। धेरै मिहिनेत परे पनि थोरैमात्र फल प्राप्त हुनेछ।

कर्कट
बेसुरमा खर्च गर्ने बानीले समस्या निम्त्याउनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। प्रयत्न गर्दा सरसापटमा गएको रकम भने फिर्ता लिन सकिनेछ।

सिंह
नोकरी र व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ। छोटो समयमा पुरुषार्थी काम सम्पादन हुनेछ। प्रयत्न गर्दा दिगो कामको जग बसाउन सफल भइनेछ।

कन्या
अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

तुला
चुनौतीभित्र अवसर खोज्ने समय छ। जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत नै प्राप्त हुनेछ। मिहिनेत गर्दा अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्।

वृश्चिक
कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।

धनु
समस्या पन्छाएर काम गर्न सकिनेछ। दिगो काम थालनी हुनेछ। पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ। रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौडमा जित हासिल हुनेछ।

मकर
शैक्षिक प्रतिस्पर्धामा अग्रस्थान हासिल हुनेछ। बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। नयाँ योजना शुभारम्भ गर्ने समय छ। गुरुजनको साथ–सहयोग जुट्नेछ।

कुम्भ
हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। गोपनीयतामा विशेष सजग रहनुहोला। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला।

मीन
गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। स्रोत-साधन जुट्नाले उद्योग र व्यापारमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट