वृष र कुम्भकाे दिन निकै लाभदायक, अन्यकाे कस्ताे ?-Sutra News

वृष र कुम्भकाे दिन निकै लाभदायक, अन्यकाे कस्ताे ?

शुक्रबार, ८ मंसिर २०८०

शुक्रबार, ८ मंसिर २०८०

आज मिति २०८० साल मंसिर ८ गते शुक्रबार । तदनुसार नाेभेम्बर महिनाकाे २४ तारिख २०२३ । कार्तिक शुक्ल पक्ष द्धादशी तिथि । आज बिहान ६ बजेर ३१ मिनेट जाँदा काठमाडाैं उपत्यकामा झुल्किएको घाम भरे साँझ ५ बजेर ९ मिनेटमा अस्ताउने छ ।



मेष
सरसापट र भैपरी आउने कामले रकम बाहिरिन सक्छ। मध्याह्नपछि बसाइको स्थानान्तरण वा टाढाको यात्रा हुने सम्भावना देखिन्छ। परिस्थितिजन्य समस्याले अलि दुस्ख पाइनेछ।

वृष
कर्मयोगले आम्दानी समेत बढाउनेछ। दिउँसोदेखि विभिन्न स्रोतबाट रकम हातलागी हुनेछ। आँटले काम बन्नेछ भने मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। व्यापार बढ्नेछ र अड्किएको रकम पनि उठ्नेछ।

मिथुन
आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामा प्रवृत्त गराउनेछ। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ। मिहिनेतले कीर्तिमानी काम बन्नेछ। तर स्वयं पछि सर्दा आफ्ना कामबाट अरूले फाइदा उठाउनेछन्।

कर्कट
दिउँसोदेखि स्थितिमा सुधार आउनेछ। पहिलेका चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। मिहिनेत परे पनि भाग्यले सफलताको उचाइमा पुर्याउनेछ।

सिंह
दिउँसोदेखि आफन्त टाढिनेछन्। सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला। स्वास्थ्यमा कमजोरी देखापर्न सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला।

कन्या
दिउँसोदेखि बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ।

तुला
दिउँसोदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानीका स्रोत पनि बढ्नेछन्। प्रतिस्पर्धामा विजयी भइनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउन सक्छ।

वृश्चिक
दिउँसोदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। आम्दानीका स्रोत बढ्नेछन्।

धनु
गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। दिउँसोदेखि साथीभाइसँग केही सन्तुलित व्यवहार गर्नुपर्ला। बेसुरमा काम गर्ने बानीले समस्या पर्न सक्छ। शुभचिन्तकहरूको सहयोगले काम बन्नेछ।

मकर
अध्ययनमा प्रगति हुनुका साथै अनुभवलाई पनि निखार्ने अवसर प्राप्त हुनेछ। दिउँसोदेखि पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। समयमा सहयोगी नहुँदा दुःख पाइनेछ। बाध्यताले अप्ठ्यारो पार्न सक्छ।

कुम्भ
विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। अपराह्नतिर आयस्रोत पनि सबल बन्ने देखिन्छ। सानो प्रयत्नले दिगो काम प्रारम्भ गर्न सकिनेछ।

मीन
दिउँसोदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम गर्न सफल भइनेछ। तारिफयोग्य कामले प्रशंसक बढ्नेछन्। ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट