कन्या र मीनकाे दिन निकै लाभदायक, अन्यकाे कस्ताे ?-Sutra News

कन्या र मीनकाे दिन निकै लाभदायक, अन्यकाे कस्ताे ?

मंगलबार, २८ कार्तिक २०८०

मंगलबार, २८ कार्तिक २०८०

आज मिति २०८० साल कात्तिक २८ गते मंगलबार । तदनुसार नाेभेम्बर महिनाको १४ तारिख २०२३ । कार्तिक शुक्ल पक्ष प्रतिपदा तिथि । आज बिहान ६ बजेर २३ मिनेट जाँदा काठमाडाैं उपत्यकामा झुल्किएको घाम भरे साँझ ५ बजेर १२ मिनेटमा अस्ताउने छ । आज गाेवर्धन पूजा तथा म्ह पूजा ।



मेष
पछि लाभ हुने काम प्रारम्भ हुन सक्छ। खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्, धनमाल सुरक्षामा ध्यान दिनुहोला।

वृष
आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। अरूकै लागि बुद्धि र श्रम खर्चनुपर्ला। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुहोला।

मिथुन
बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ। लगनशीलताले अध्ययनमा पनि प्रगति हुनेछ। रचनात्मक कार्यमा जुट्दा फाइदा हुनेछ।

कर्कट
मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने स्थिति आउन सक्छ। कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला। व्यापार(व्यवसायमा थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ।

सिंह
नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मिहिनेत गर्नुपर्ला। निराश नहुनुहोस्, मौका पर्खंदा स्थितिमा सुधार आउनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले सजग रहनुहोला।

कन्या
विगतको सफलताले थप हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। मनग्य धन आर्जन होला। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।

तुला
रोकिएका काम बन्नेछन्। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। तत्काल लाभ उठाउँदा पछि हुने फाइदा घट्न सक्छ।

वृश्चिक
विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ।

धनु
स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्ने समय छ। दिगो फाइदा हुने काम सुरु गर्ने अवसर प्राप्त हुनेछ।

मकर
काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। समुदायको हक हितको संरक्षण गर्न सकिनेछ। चिताएको मूल्य प्राप्त नभए पनि राम्रै फाइदा हुनेछ।

कुम्भ
मिहिनेत गर्दा सामान्य लाभ अवश्यै हुनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। नयाँ काममा हात हाल्न समय पर्खनुहोला। व्यवसायलाई भने निरन्तरता दिन सकिनेछ।

मीन
विभिन्न सहयोग र उपहार प्राप्त होला। तारिफयोग्य काम सम्पादन हुनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। अतिथिका रूपमा मानसम्मान समेत प्राप्त हुनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट