डिशहोमकाे दसैँ अफर : एक वर्षको कनेक्सनमा दुई वर्षको सेवा-Sutra News

डिशहोमकाे दसैँ अफर : एक वर्षको कनेक्सनमा दुई वर्षको सेवा

आइतबार, २८ असोज २०८०

आइतबार, २८ असोज २०८०

काठमाडाैं । डिशहोम फाइबरनेटले ‘एक वर्षको नयाँ कनेक्सनमा दुई वर्षको सेवा’ अफर ल्याएको छ । कम्पनीले घटस्थापनाको दिनदेखि लागू हुने गरी एक वर्षको नयाँ कनेक्सन गर्दा अब आफ्ना ग्राहकहरुलाई दुई वर्षसम्म ईन्टरनेटको सेवा दिने उक्त अफर सार्वजनिक गरेको हो ।



यस अफरअन्तर्गत नयाँ ग्राहकले ५० एमबीपीएसदेखि तीन सय एमबीपीएससम्मका प्याकेजहरु जडान गर्न सक्ने छन् । जसमा ग्राहकले ५० एमबीपीएसदेखि दुई सय ५० एमबीपीएससम्म फाईभ–जी राउटर पाउनेछन् भने तीन सय एमबीपीएसको प्याकेज लिने ग्राहकले वाईफाई–६ राउटर पाउने छन् ।

कम्पनीका अनुसार यो अफर असोज २८ गते घटस्थापनादेखि कार्तिक ११ गते पूर्णिमासम्म मात्र लागू हुने छ ।

यसअघि एशियाकपमा नेपाल र भारतको खेलको खुशीयालीमा डिशहोम फाइबरनेटले आफ्ना पुराना ग्राहकहरुको लागि १२ महिनाको रिचार्ज गर्दा अतिरिक्त १२ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट