‘सेल्फी खिचौंला’मा विना र सरोजको रोमान्स (भिडियाेसहित)-Sutra News

‘सेल्फी खिचौंला’मा विना र सरोजको रोमान्स (भिडियाेसहित)

शुक्रबार, १२ असोज २०८०

शुक्रबार, १२ असोज २०८०

काठमाडाैं । अहिलेको जमाना सेल्फीको छ । सेल्फी खिचेर सोसल मिडियामा अपलोड गर्न हरेक वर्गका मानिसहरु उत्साहित देखिन्छ । यही बिषयलाई समावेश गर्दै गीत तयार पारिएको छ ।



रानी शाक्य र किरण भुजेलको स्वरमा हरि उप्रेतिको शब्द, नागेन्द्र श्रेष्ठको संगीतमा ‘सेल्फी खिचौंला’ बोलको गीत सार्वजनिक गरिएको छ । यो गीतमा यूवा यूवतीविच सेल्फी खिच्ने र माया पिरती साट्ने भावलाई उठान गरिएको छ । गीतका शब्दहरु टिकटकमा हिट हुन सक्छन् ।

भिडियोमा विना राउत, सरोज प्रजा र निक्स शर्माको अभिनय हेर्न सकिन्छ । भिडियोमा तीन जनाले गज्जबको नृत्य गरेका छन् ।

प्रहिल कार्कीको निर्देशनमा तयार भएको यो भिडियोमा उत्तम हुमागाँइको छायांकन, सन्तोष राजबहाकको कोरियोग्राफी, राकेश दाहालको सम्पादन छ ।

यस्ताे छ भिडियाे

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट