इनारमा पम्प खस्यो, निकाल्न जाँदा भोटेबहालमा झापाका दिपेन र सिन्धुलीका जितेशको मृत्यु-Sutra News

इनारमा पम्प खस्यो, निकाल्न जाँदा भोटेबहालमा झापाका दिपेन र सिन्धुलीका जितेशको मृत्यु

सोमबार, ११ असार २०८०

सोमबार, ११ असार २०८०

काठमाडौंको भोटेबहालमा इनारमा डुबेको अवस्थामा दुई मजदुरको शव भेटिएको छ।



काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले दिएको जानकारी अनुसार मृत्यु हुनेमा झापाका अन्दाजी ३६-३७ वर्षका दिपेन लिम्बु र २२ वर्षका सिन्धुली घर भएका जितेश गुरुङ रहेका छन्।

उनीहरू त्यहाँको एक स्थानीय घरमा रंग दल्नु अघि लगाउने पुटिङ दल्न गएका थिए।

कामसकेपछि सरसफाइका लागि पानी तान्ने पम्प इनारमा जोड्ने क्रममा पम्प इनारमा खसेपछि सुरुमा एक जना इनारमा पसेका थिए र उनी  नफर्किएपछि अर्का व्यक्ति पनि त्यहाँ पस्दा उनीहरुको निस्सासिएर मृत्यु भएको हुनसक्ने प्रहरीको भनाइ छ।

हाल प्रहरीले एकजनाको शव इनारबाट निकालिसकेको छ भने इनार गहिरो भएकाले अर्को शव निकाल्ने काम जारी रहेको छ।

उनीहरुसँगै रङ लगाउने काममा खटिएका अर्का व्यक्तिले उनीहरुलाई डुबिरहेको अवस्थाम देखेपछि प्रहरीलाई खबर गरेका थिए।

आज बिहान करिब साढे ८ बजे उनीहरु डुबेको अवस्थामा फेला परेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट