६२ अङ्कले बढ्यो शेयर बजार : ५ महिनायताकै उच्च कारोबार-Sutra News

६२ अङ्कले बढ्यो शेयर बजार : ५ महिनायताकै उच्च कारोबार

आइतबार, १० असार २०८०

आइतबार, १० असार २०८०

हप्ताको पहिलो दिन आइतबार शेयर बजार उच्च अङ्कले बढेर हरियाली भएको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ६२.२१ अङ्कले बढेर २११७.७३ विन्दुमा पुगेको छ ।



आज नेप्से गएको फागुन १० गतेयताकै उच्च विन्दुमा पुगेको हो । फागुन १० गते नेप्से २१२१ को विन्दुमा पुगेको थियो । आज सबै समूहको शेयर बढेकोमा बीमा, उत्पादन, व्यापार र फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज कारोबार रकम पनि झन्डै पाँच महिनायताकै उच्च भएको छ । आज २७५ वटा कम्पनीका एक करोड ४७ लाख कित्ता शेयर ६ अर्ब ४९ करोड चार लाख रुपैयाँमा कारोबार भएका छन् । गएको पुसको २६ गतेपछि ६ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको थिएन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट