नेपाल जिम्बाब्वेसँग पराजित-Sutra News

नेपाल जिम्बाब्वेसँग पराजित

आइतबार, ३ असार २०८०

आइतबार, ३ असार २०८०

विश्वकप क्रिकेट छनोटमा नेपाल जिम्बाव्वेसँग ८ विकेटले पराजित भएको छ ।



नेपाली ब्याटरले राम्रो प्रदर्शन गर्दै जिम्बाव्वेलाई २९१ रनको लक्ष्य दिए पनि नेपाली बलरहरू घरेलु टोली जिम्बाव्वेलाई रोक्न असफल भए ।

२९१ रनको लक्ष्य जिम्बाव्वेले २ विकेट गुमाएर ४४.१ ओभरमा भेट्टायो । उसका लागि क्रेग एर्विन र सेन विलियम्स दुवैले शतकीय पारी खेले ।

हरारेमा टस जितेर पहिला ब्याटिङ्ग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै ‍‍ एक दिवसीय क्रिकेटमा आफ्नोफ तेस्रो ठूलो योगफल २९० रन बनाएको थियो ।

जिम्बाव्वेविरुद्ध ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले १७१ रनको कीर्तिमानी साझेदारी गरेका थिए । तर उक्त कीर्तिमानी जितका लागि पर्याप्त हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट