देउवा-आरजुका छोरा जयवीरले गरे शिवानासँग टिकाटालो, बिहे कहिले?-Sutra News

देउवा-आरजुका छोरा जयवीरले गरे शिवानासँग टिकाटालो, बिहे कहिले?

शुक्रबार, १९ जेष्ठ २०८०

शुक्रबार, १९ जेष्ठ २०८०

कांग्रेस सभापति शेरबहादुर देउवा तथा काँग्रेस नेतृ आरजु राणा देउवाका एकमात्र सन्तान जयवीर देउवाले आफ्नी प्रेमिका शिवाना श्रेष्ठसँग औपचारिक रुपमै टिकाटालो गरेका छन् ।



बिहीबार बेलुका दुवै पक्षका परिवार र आफन्त उपस्थितमा भव्य समारोहकाबीच उनीहरुको टिकाटालो गरिएको हो ।

जेठ पहिलो साता उनीहरुले औंठी साटासाट गर्दै आफ्नो सम्बन्धलाई औपचारिकता दिएको भएपनि बिहीबार राती पारिवारिक जमघटमा यसलाई परम्परागतरुपमा पनि टिकाटालो गरिएको हो।

जयवीर र शिवाना लामो समयदेखि प्रेम सम्बन्धमा थिए । आगामी भदौमा विवाह गर्ने योजना रहेको बताइन्छ।

देउवापुत्र जयवीर व्यवसाय, संलग्न छन् भने शिवानीले अनलाइनमार्फत सौन्दर्यसामाग्रीको व्यवसाय गर्छिन् । उनी कभर गायिका पनि हुन् ।

May be an image of 5 people and wedding

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट