नक्कली भुटानी शरणार्थी प्रकरण : न्यायाधीशसमक्ष आजदेखि प्रतिवादीको बयान-Sutra News

नक्कली भुटानी शरणार्थी प्रकरण : न्यायाधीशसमक्ष आजदेखि प्रतिवादीको बयान

शुक्रबार, १२ जेष्ठ २०८०

शुक्रबार, १२ जेष्ठ २०८०

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि प्रतिवादी बनाइएका तथा पक्राउ परेकाहरूको न्यायाधीशसमक्ष बयान सुरु हुँदै छ । बुधबार नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध पाँच अभियोगमा जिल्ला अदालत काठमाडौं मुद्दा दर्ता भएको थियो । उक्त मुद्दामा १६ पक्राउ परेका छन् । १४ फरार छन् ।



बुधबार दर्ता भएको मुद्दमा आजदेखि पक्राउ परेका प्रतिवादीहरूको न्यायाधीशको अगाडि बयान हुनेछ । बयान सकिएपछि मात्र थुनछेकको बहस सुरु हुनेछ । थुनछेकको बहसपछि प्रतिवादीहरूलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश हुनेछ ।

यसअघि सरकारी वकिलसमक्ष प्रहरीले पनि उक्त प्रतिवादीहरूको बयान लिएको थियो । उक्त बयानको आधारमा सरकारी वकिलले अभियोगपत्र दायर गरेको हो ।

आजदेखि सुरु हुने न्यायाधीशसमक्षको बयानले सरकारी वकिलसमक्षको बयानभन्दा बढी मान्यता पाउँछ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा ३० प्रतिवादीविरुद्ध ठगी, किर्ते, राष्ट्रियहीतविरुद्धको अपराध, एकीकृत कसुर र संगठित अपराधमा मुद्दा दायर भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट