नेपालका नेताहरूलाई तल्लो स्तरको गाली गर्ने रोग लाग्यो : माधव नेपाल-Sutra News

नेपालका नेताहरूलाई तल्लो स्तरको गाली गर्ने रोग लाग्यो : माधव नेपाल

सोमबार, ८ जेष्ठ २०८०

सोमबार, ८ जेष्ठ २०८०

काठमाठौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा सीमा समस्या समाधान गर्ने विषयलाई एजेण्डा बनाउन सुझाव दिएका छन् ।



सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा सहभागी हुने क्रममा उनले कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयलाई आफ्नो भ्रमणमा एजेण्डा बनाउन प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएका हुन् ।

उनले केपी ओलीलाई व्यंग्यसमेत गरेका छन् । पूर्वप्रधानमन्त्री नेपालले नेकपा एमालेका अध्यक्ष ओलीप्रति कटाक्ष गर्दै हातबाट सरकार फुस्किएपछि अरूलाई सत्तोसराप गरेका बताएका छन् ।

‘सहकार्य आवश्यक छ, एकले अर्कालाई घोचेर मात्र हुँदैन’नेपालले भने ‘पीडा, व्यथा पोखेर मात्र हुँदैन । सरकारमा बस्न सकिएन, त्यो बेग्लै कुरा हो । किन बस्न सकिएन ? अरूलाई दोष दिएर हुँदैन । बनिसकेको सरकार किन आफ्नो हातबाट फुस्कियो ? अरूलाई सत्तोसराप गरेर हुँदैन ।’

पूर्वप्रधानमन्त्री नेपालले नेताहरूमा विपक्षीलाई तल्लो स्तरको गाली गर्ने रोगसमेत देखिन थालेको उल्लेख गरे । ‘हामीकहाँ सबैभन्दा ठूलो समस्या व्यक्तिवादको रोग हो । सर्वज्ञानी ठान्ने प्रवृत्ति र अरूलाई अवमूल्यन गर्ने प्रवृत्ति हो । कुरामा उपदेश बढी छाँट्ने र व्यवहारमा लागू गर्ने चलन कम छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट