भुक्तानी नपाएपछि फेरि धर्ना दिन काठमाडौं आए उखु किसान-Sutra News

भुक्तानी नपाएपछि फेरि धर्ना दिन काठमाडौं आए उखु किसान

बिहिबार, ४ जेष्ठ २०८०

बिहिबार, ४ जेष्ठ २०८०

उद्योगीले उखु किसानको रकम भुक्तानी नगरेको भन्दै कपिलवस्तु किसान संघ तथा उखु किसान संघर्ष समितिले बिहीबार काठमाडौंको माइतिघरमा धर्ना दिएका छन् ।



आर्थिक बर्ष २०७१-७२ मा सरकारले २५ रुपैयाँ प्रति क्विन्टल अनुदान उखु किसानलाई दिने निर्णय गरेपनि हालसम्म नपाएको भन्दै अनुदान रकम अविलम्व असुल उपर गराई कारवाही गर्न माग गर्दै उनीहरुले धर्ना दिएका हुन् ।

त्यस्तै उद्योगले लामो समयदेखि किसानको रकम भुक्तानी नगरेको उनीहरुको गुनासो छ । उनीहरुले सवै उखु किसानलाई अनुदानको व्यवस्था गर्नुपर्ने, कृषि उपजको

सरकारले निर्धारण गरेको न्युनतम समर्थन मुल्य अनिवार्य रुपमा पाउने व्यवस्था मिलाउनुपर्ने माग गरेका थिए ।

त्यस्तै समितिले ट्याक्टर खरिद गर्दा सहुलियत दरमा भन्सार गराई कृषकले स्वयं ल्याउन पाउने गरि व्यवस्था मिलाउन पनि माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट