अनौठो सेलिब्रेटी कुकुर र बिरालो, एउटा कुकुरको मूल्य ४ हजार करोड-Sutra News

अनौठो सेलिब्रेटी कुकुर र बिरालो, एउटा कुकुरको मूल्य ४ हजार करोड

आइतबार, ७ फाल्गुन २०७९

आइतबार, ७ फाल्गुन २०७९

काठमाडौं – भनिन्छ कुकुर र बिरालो मान्छे भन्दा पनि बफादार हुन्छ । कुकुर र बिरालोले गरेको काम नदेखिए पनि यसले धेरै महत्वपूर्ण काम गरेको हुन्छ । यसै कारण घरमा पालिने कुकुर बिरालो जस्ता जनावरको दाम पनि निकै महँगो हुन्छ । तपाईलाई थाहाँ छ, हेर्दा सामान्य देखिने कुकुर बिरालोलाई करोडौ पर्ने गर्छ । यसैबीच कुकुर बिरालोकै बारेमा सामाजिक सञ्जाल अध्ययनमा धेरै चकित पार्ने खुलासा भएको छ। सेलिब्रेटीको हैसियत राख्ने एउटा कुकुरको मूल्य हजार करोड रहेको छ ।



अल अबाउट क्याट्स’ को रिपोर्टमाअमेरिकाकी चर्चित गायिका टेलर स्विफ्टसँग स्कटिश फोल्ड नस्लको बिरालो ओलिभिया बेन्सन छ । यो संसारको तेस्रो महँगो जनावर दाबी गरिएको छ। यो बिरालोको मूल्य ८ सय करोडभन्दा बढी हुने अनुमान गरिएको छ । दोस्रो नम्बरमा बिरालो पनि छ।

यो बिरालो पनि एक सामाजिक मिडिया प्रभावकर्ता हो। यसको नाम नाला बिरालो हो, जो इन्स्टाग्राममा नाला क्याट नामले लोकप्रिय छ। यो बिरालोको इन्स्टाग्राममा ४४ लाखभन्दा बढी फलोअर्स छन्, रिपोर्टमा नालाको मूल्य ८२५ करोडभन्दा बढी अनुमान गरिएको छ । नालाको नाम गिनिज बुक वल्र्ड रेकर्डमा पनि लेखिएको छ ।

महँगो जनावरहरूको सूचीको शीर्षमा जर्मन शेफर्ड जातको कुकुर गुन्थर भि आइ रहेको छ। यो इटालियन कम्पनी गुन्थर कर्पोरेशनको स्वामित्वमा छ। यसको मूल्य ४ हजार करोडभन्दा बढी रहेको बताइएको छ । न्युयोर्क पोस्टको रिपोर्टमा भनिएको छ कि यी जनावरहरूको सूची इन्स्टाग्राम एनालिटिक्सको आधारमा बनाइएको छ, जनावरहरूले प्रति दिन सामाजिक सञ्जाल पोस्टबाट कति कमाउँछन्रु सूची बनाउँदा यी कुरालाई ध्यानमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट