संसारकै सबैभन्दा पुरानो रूख फेला, ५ हजार वर्ष पुरानो रहेको खुल्यो-Sutra News

संसारकै सबैभन्दा पुरानो रूख फेला, ५ हजार वर्ष पुरानो रहेको खुल्यो

आइतबार, ७ फाल्गुन २०७९

आइतबार, ७ फाल्गुन २०७९

एजेन्सी – एउटा नयाँ अध्ययनपछि दक्षिणी चिलीमा संसारकै सबैभन्दा पुरानो रूख फेला परेको छ । उक्त रुख झन्डै ५ हजार वर्ष पुरानो भएको अनुमान गरिएको छ । आफूहरूले निकालेको नमूना र मितिका विधिले रूख ५ हजार ४ सय ८४ वर्ष पुरानो देखिएको अध्ययनको नेतृत्व गर्ने वैज्ञानिक जोनाथन बारिचिभिचले बताए ।



रुखको उमेर, आकार, फैलावट आदिको जानकारी कम्प्युटर मोडेलबाट पत्ता लगाइएको हो । ठूलाे फेदका कारण वैज्ञानिकहरूले रुखको वास्तविक उमेर निर्धारण गर्न नसेकेको बताइएको छ ।
एलर्स मिलेनारियोसमेत भनिने सो रुखलाई प्याटागोनियन साइप्रस भनिएको छ । यसअघि क्यालिफोर्नियाको एउटा सल्लालाई अहिलेसम्मकै पुरानो रुख बताइएको थियो । सो रुख ४ हजार ८५३ वर्ष पुरानो मानिन्छ ।

चिलीका पूर्ववातावरणमन्त्री तथा हाल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघको अन्तरसरकारी प्यानलका सदस्य माइसा रोजासले रुख फेला परेको विषयलाई ‘अद्भुत वैज्ञानिक खोज’ भन्दै त्यसको प्रशंसा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट