गुट उपगुटले धरासायी बनेको कांग्रेस अब बलियो हुने घिमिरेको दाबी-Sutra News

गुट उपगुटले धरासायी बनेको कांग्रेस अब बलियो हुने घिमिरेको दाबी

शुक्रबार, २७ माघ २०७९

शुक्रबार, २७ माघ २०७९

महोत्तरी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्याम घिमिरेले गुट उपगुटले धरासायी बनेको कांग्रेस अब बलियो हुँदै गएको बताएका छन् । महोत्तरीमा गुट उपगुटले कमजोर बनेको कांग्रेस बलियो हुँदै गएको बताएका प्रतिनिधिसभा सदस्यसमेत रहेका उनले  कांग्रेसलाई बलियो बनाउने विषयमा छलफल भइरहेको पनि जानकारी दिए ।



गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको समयदेखि  कांग्रेस कमजोर भए पनि पुरानै लयमा फर्किने अवस्था ल्याइपुर्‍याएको उनको भनाइ छ ।

स्थानीय तहको निर्वाचनमा बागी बनेर निर्वाचित भएका बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीको समूहको कारबाही फुकुवा गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट