शेरबहादुर देउवा र माधव नेपालबीच भेटवार्ता-Sutra News

शेरबहादुर देउवा र माधव नेपालबीच भेटवार्ता

शुक्रबार, २७ माघ २०७९

शुक्रबार, २७ माघ २०७९

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ । शुक्रबार सभापति देउवा र अध्यक्ष नेपालबीच धुम्बाराहीमा भेटवार्ता भएको हो । उनीहरुबीचको भेटमा सुदूरपश्चिम प्रदेश सरकारका विषयमा छलफल भएको छ ।



एक महिना अघि नेकपा एमालेवाट मुख्यमन्त्री भएका राजेन्द्रसिंह बरालले बिहिबार बसेको प्रदेश सभा बैठकमा बिश्वासको मत प्राप्त गर्न नसके पछि कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएकाका शाहले आजै सानो आकारको मन्त्रीपरिषद् विस्तार गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट