कुमारी आमा निहारिका राजपुतले गरिन् विवाह-Sutra News

कुमारी आमा निहारिका राजपुतले गरिन् विवाह

शुक्रबार, २७ माघ २०७९

शुक्रबार, २७ माघ २०७९

काठमाडौं – कुमारी आमा निहारिका राजपुत विवाह बन्धनमा बाधिँएकी छिन् । उनले शिवराज श्रेष्ठसँग जनकपुरधामको जानकी मन्दिरमा बिवाह गरेकी छिन् । निहारिकाले बलात्कारको आरोप लगाउँदै शिवराज विरुद्ध अंश मुद्दासहित अदालतमा उजुरी दिएकी थिइन् ।



उनीहरुबीच माघ १७ गते जिल्ला अदालत धनुषाका न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा मिलापत्र भएको थियो । उक्त मिलापत्रमा शिवराजले निहारिकालाई श्रीमतीका रुपमा स्वीकारेका थिए । निहारिकाले दुईबीच पति–पत्नीका रुपमा बस्ने निर्णय अनुसार मिलापत्र गरेको थिइन् ।

निहारिकाले लामोसमयदेखि आफू बलात्कृत भएको र कानूनी उपचार पनि नपाएको भन्दै आन्दोलन गर्दै आएकी थिइन्। त्यसक्रममा उनी पक्राउ पनि परेकी थिइन् । विभिन्न माग राखेर अनसन समेत बसेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट