‘सतीदेवी’को प्रदर्शन मिति घोषणा-Sutra News

‘सतीदेवी’को प्रदर्शन मिति घोषणा

मंगलबार, २५ बैशाख २०८१

मंगलबार, २५ बैशाख २०८१

काठमाडौं । फिल्म ‘सतीदेवी’को प्रदर्शन मिति घोषणा गरिएको छ । लेखक तथा निर्देशक लक्ष्मण सुवेदीको निर्देशनमा बनेको नारीप्रधान फिल्म आगामी साउन ४ गतेबाट देशब्यापी प्रदर्शनमा आउने भएको हो।



विभिन्न फेस्टिभलहरुमा महत्त्वपूर्ण विधामा अवार्ड समेत जितिसकेको फिल्मलाई वितरक कम्पनीसँग कागजी सम्झौतापछि निर्देशक सुवेदीले साउन ४ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरेका हुन् ।

दिलाशा क्रियसन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको फिल्ममा निर्देशक सुवेदीकै कथा, पटकथा, संवाद रहेको छ । यो फिल्मको अघिल्लो वर्ष सार्वजनिक भएको फर्स्टलुक पोस्टरबाटै चर्चा चुलिएको छ ।

बाबु र छोरीहरु बीचको मिहीन स्नेह, सम्बन्धको आरोहअवरोह तथा समाजको सतही अनि कुसोचको प्रक्षेपण यस फिल्मले बोल्ने फिल्ममा मलिका महत, रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सिर्जना अधिकारी, मनीषा सापकोटा, सुजिता शिवाकोटी, तुलसी श्रेष्ठ, इश्वरी सिंह, सन्देश लिम्बु, पवन केसी, जगदीश अधिकारीलगायतको अभिनय रहेको छ । दिलासा र साराको प्रस्तुती रहेको फिल्मको निर्माता श्रीदेवी, दिलासा र सारा सुवेदी छन् ।

काठमाडौँ र लमजुङ, तनहुँ, कास्की र काठमाडौँका विभिन्न स्थानमा छायाङ्कन भएको फिल्ममा बाबु श्रेष्ठको छायांकन, दीपक शर्मा र सुवास भुसालको संगीत छ भने रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

फिल्मले हालै सम्पन्न ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट पटकथा, सर्वोत्कृष्ट फिल्म र अभिनेत्रीले जुरी अवार्ड जितेका थिए । सौराहा दक्षिण एशियाली फिल्म फेस्टिभलमा शिव रेग्मी सर्वोत्कृष्ट निर्देशक र सर्वोत्कृष्ट फिल्मको अवार्ड जित्न सफल भएको थियो।

यो फिल्मको वितरण उपत्यकामा रिच इन्टरटेन्टमेन्ट र उपत्यका बाहिर एफडि कम्पनीले गर्नेछ। फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट