लोकतन्त्रलाई भत्काएर वैकल्पिक राजनीति हुन सक्दैन – बाबुराम भट्टराई-Sutra News

लोकतन्त्रलाई भत्काएर वैकल्पिक राजनीति हुन सक्दैन – बाबुराम भट्टराई

शुक्रबार, २७ माघ २०७९

शुक्रबार, २७ माघ २०७९

काठमाडौँ । नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले अबको वैकल्पिक राजनीतिको एजेन्डा भनेको लोकतन्त्रलाई जोगाएर अघि जाने रहेको बताएका छन् ।



शुक्रबार काठमाडौँमा सुरु भएको विवेकशील साझा पार्टीको प्रथम अधिवेशनमा नेता भट्टराईले यस्तो बताएका हुन् । उनले लोकतन्त्रलाई जोगाउँदै अबको २० वर्षभित्र नेपाललाई समृद्धिको शिखरमा पुर्याउन सकिने बताए ।

लोकतन्त्रलाई भत्काएर वैकल्पिक राजनीति हुन नसक्ने भन्दै उनले अबको वैकल्पिक राजनीतिको एजेन्डा लोकतन्त्रलाई जोगाएर अघि जाने रहे बताए । पुराना पार्टीहरूलाई गालिगलोज गरेर नभई आफ्ना गतिविधिहरूलाई सुधार गर्दै जानुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट