कांग्रेसतर्फ इंगित गर्दै ओलीले भने – ‘सरकारमा नहुनेको ध्यान सरकार ढाल्नेतर्फ गएको छ’ (भिडियो)-Sutra News

कांग्रेसतर्फ इंगित गर्दै ओलीले भने – ‘सरकारमा नहुनेको ध्यान सरकार ढाल्नेतर्फ गएको छ’ (भिडियो)

बुधबार, ११ माघ २०७९

बुधबार, ११ माघ २०७९

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारमा नहुनेको ध्यान सरकार ढाल्नेतर्फ गएको बताएका छन् । बुधबार ललितपुरमा आयोजित नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको पाँचौं राष्ट्रिय महाधिवेशन कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



कांग्रेसतर्फ इंगित गर्दै ओलीले सरकार ढाल्ने प्रयासमा लगिरहेको बताएका हुन् । उनले सरकार ढाल्ने र टिकाउने खेलभन्दा माथि उठेर देशको हितका लागि ‘डेमोक्रेटिक एक्सरसाइज’ गर्न सबै राजनीतिक दलहरूलाई भने । मुलुकको राजनीतिलाई ठिक बाटो बढाउन आफू निरन्तर लागिरहेको पनि बताए ।

सरकारमा हुनेको ध्यान टिक्नेमा र सरकारमा नहुनेको ध्यान ढाल्नेमा हुने उनको भनाइ छ । उनले भने – ‘सरकारको पनि ध्यान कता जाओस् कता नजाओस् । सरकारमा हुनेको ध्यान टिक्नेमा हुन्छ । सरकारमा नहुनेको ध्यान ढाल्नेमा हुन्छ । देशतिर कसले ध्यान दिने ?’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट