अनुसन्धानकर्ताहरू भन्छन् – ‘उत्सर्जन जारी रहे सन् २५० सम्ममा ६ प्रतिशत बनस्पति र जनावर लोप हुन्छन्’-Sutra News

अनुसन्धानकर्ताहरू भन्छन् – ‘उत्सर्जन जारी रहे सन् २५० सम्ममा ६ प्रतिशत बनस्पति र जनावर लोप हुन्छन्’

बुधबार, २० पौस २०७९

बुधबार, २० पौस २०७९

एजेन्सी – उत्सर्जन जारी रहे सन् २०५० सम्ममा ६ प्रतिशत वनस्पति र जनावर लोप हुने र शताब्दीको अन्त्यसम्ममा यो संख्या १३ प्रतिशतमा पुग्ने हालै प्रकाशित अध्ययनमा अनुसन्धानकर्ताहरूले बताएका छन् । सन् २१०० सम्ममा २७ प्रतिशत वनस्पति र जनावरहरू लोप हुने पनि अनुसन्धानमा उल्लेख छ ।



आइयुसीएनद्वारा अनुगमन गरिएका १ लाख ५० हजार ३८८  प्रजातिहरू मध्ये ४२ हजारभन्दा बढी बोटबिरुवा र जनावरका प्रजातिहरू लोप हुन सक्ने अध्ययनले अनुमान गरेको छ ।

अध्ययनले तापक्रममा वृद्धिले पृथ्वीमा जीवनको सञ्जाललाई असर गर्ने चिन्ताजनक तस्बिर पनि चित्रण गरेको छ । ् खराव अवस्था जारी रहे सन् २१०० सम्ममा २७ प्रतिशत वनस्पति र जनावरहरू लोप हुने अध्ययनमा उल्लेख छ । अध्ययन साइन्स एडभान्स जर्नलमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट