मदिरा व्यवसायमा शाहरुख पुत्र आर्यन-Sutra News

मदिरा व्यवसायमा शाहरुख पुत्र आर्यन

बुधबार, २८ मंसिर २०७९

बुधबार, २८ मंसिर २०७९

मुम्बई । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन चाँडै नै फिल्म उद्योगमा धमाकेदार इन्ट्री गर्दैछन् । उनले लेखकका रुपमा पहिलो प्रोजेक्ट तयार गरेका छन् । रेड चिलिज इन्टरटेनमेन्ट प्रोडक्सन हाउसको व्यानरमा बन्न लागेको यो वेब सिरिजमा आर्यनले लेखकका रुपमा पाइला चाल्न लागेका हुन् ।



वेब सिरिजको लेखकसँगै उनले नयाँ व्यापारिक भेन्चरको घोषणा गरेका छन् । आर्यन भारतमा प्रिमियम भोड्का ब्राण्ड लञ्च गर्ने तयारीमा छन् । त्यसका लागि उनले विश्वकै सबैभन्दा ठूलो कम्पनी एबी इनबेभको भारतीय युनिटसँग सहकार्य गरेका छन् ।

आर्यनले यो कुराको घोषणा आफ्नो इन्स्टाग्राम एकाउण्टमा एक पोस्ट गर्दै गरेका हुन् । उनले भोड्काको नाम डुयाभोल राखेका छन् । उनको व्यापारिक साझेदारमा बन्टी सिंह र लेटी ब्लागोइभा रहनेछन् ।

आर्यनका अनुसार यो व्यवसायको कन्सेप्ट तयार हुन पाँच वर्ष लाग्नेछ । आर्यन यो ब्राण्डका माध्यमबाट भविष्यमा एक पहिरन ब्राण्ड पनि सार्वजनिक गर्दैछन् । जुन ब्राण्डमा अण्डर टी सर्ट, ज्याकेट, ब्लेजरलगायत हुनेछन् ।

आर्यनले क्यालिफोर्नियाको युएससीमा पढिरहँदा यो व्यावसायको बारेमा आइडिया आएको उल्लेख गरेका छन् । आफ्नो भविष्यको व्यवसायलाई लिएर पिता शाहरुख र माता गौरी खान उत्साहित रहेको आर्यनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट