नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुपाल्चोकको सुकुटे आउनुभएको छ ।
पार्टीको दस्तावेज लेखन र महत्वपूर्ण राजनीतिक निर्णय लिनुअघि माओवादी अध्यक्ष दाहाल सुकुटे आउने गर्नुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आउँदै गर्दा सभामुख अग्निप्रसाद सापकोटासँगै दाहाल सुकुटे आउनुभएको हो ।
सुकुटेमा अध्यक्ष दाहालले ¥याफ्टिङसमेत गर्नुभएको छ । निकट स्रोतका अनुसार दाहाल, सभामुख सापकोटालगायत आज सुकुटेस्थित सुकुटे बीचमा बस्नु हुनेछ । काठमाडौँबाट करिब दुई घण्टामा पुगिने सुकुटे क्षेत्र बीचको मज्जा लिन र जलयात्राका लागि निकै चर्चित छ । सुकुटे आन्तरिक तथा बाह्य पर्यटकका आकर्षक गन्तव्य बन्दै गएको छ ।