बर्दियाको मतदान केन्द्रमा विस्फोट हुँदा भागदौड, मतदान स्थगित-Sutra News

बर्दियाको मतदान केन्द्रमा विस्फोट हुँदा भागदौड, मतदान स्थगित

आइतबार, ४ मंसिर २०७९

आइतबार, ४ मंसिर २०७९

बर्दिया– बर्दिया क्षेत्र नम्बर १ को गुलेरियास्थित मतदान स्थलमा बम विस्फोट भएपछि भागदौड भएको छ।



गुलेरिया २ को नेरा शम्भुशरणा प्रावि खैरापुर मतदान केन्द्रको मतदान स्थगित गरिएको छ।

मतदान सुरु हुनासाथ विद्यालयको छतमा राखिएको बम विस्फोट भएको थियो। मतदाताको भागदौड हुँदा भागदौडमा एकजना वृद्व लडेका थिए ।

बम विस्फोट भएको क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट