देशभर ४४४ कोरोना संक्रमित थपिए, थप तीन जनाको मृत्यु-Sutra News

देशभर ४४४ कोरोना संक्रमित थपिए, थप तीन जनाको मृत्यु

बिहिबार, ९ भाद्र २०७९

बिहिबार, ९ भाद्र २०७९

नेपालमा २४ घण्टामा ४४४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ४९५४ नमूना परीक्षण गर्दा ४४४ जनामा संक्रमण पुष्टि भएको हो ।



मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९९६ र एन्टिजेनबाट २९५८ नमूनाको परीक्षण गर्दा पीसीआरबाट २११ र एन्टिजेनबाट २३३ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो ।

सोही अवधिमा नेपालमा ३०७ जनाले संक्रमणलाई पराजित गरेका छन् । आज थप तीन कोरोना संक्रमितको ज्यान गएको छ ।

आज थपिएकासँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ४१९९ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट