प्रचण्ड र माधवबीच पार्टी एकताका विषयमा कुराकानी-Sutra News

प्रचण्ड र माधवबीच पार्टी एकताका विषयमा कुराकानी

सोमबार, ६ भाद्र २०७९

सोमबार, ६ भाद्र २०७९

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । सोमबार प्रचण्ड र माधवबीच हात्तिवनस्थित एउटा घरमा भेटवार्ता भएको हो ।



उक्त भेटवार्तमा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सहभागी भएका थिए । उनीहरुबीच आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, पार्टी एकता लगायतका बिषमा छलफल भएको जनाइएको छ ।

उनीहरुबीच निर्वाचनमा माओवादीकै चिन्ह लिएर चुनाव लड्ने तयारीमा रहेका बाबुराम भट्टराई र वामदेव गौतमको विषयमा पनि कुराकानी भएको जनाइएको छ । सत्ता गठबन्धनभित्र अहिले सिट बाँडफाँटको बिषयमा निरन्तर छलफल भइरहेको छ । तर अहिलेसम्म टुंगो लाग्न सकिरहेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट