एक्सनमा उत्रिए बालेन, आफै पुगेर अन्डरग्राउण्ड पार्किङका पसल हटाउन थाले-Sutra News

एक्सनमा उत्रिए बालेन, आफै पुगेर अन्डरग्राउण्ड पार्किङका पसल हटाउन थाले

सोमबार, ६ भाद्र २०७९

सोमबार, ६ भाद्र २०७९

काठमाडौं – काठमाडौं महानगरपालिकाले अन्डरग्राउण्ड पार्किङका पसलहरु धमाधम हटाउन थालेको छ । काठमाडौंका मेयर बालेन्द्र शाह बालेनले बानेश्वर बाट नै यो काम शुरु गरेका छन् ।



मेयर शाह आफै पुगेर बानेश्वर प्लाजाको अण्डरग्राउण्डमा राखिएका पसलहरू खाली गराएका छन् । उनले नगर प्रहरीले ट्राफिक प्रहरीको सहयोगमा पसलहरू हटाउन निर्देशन दिएको जनाइएको छ ।

अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर व्यापारिक प्रयोजनका लागि प्रयोग गरेको पाइएको भन्दै उक्त काम शुरु गरिएको जनाइएको छ ।

यसबारे मेयर शाहले नेपाल प्रहरी र ट्राफिक अधिकारीसँग सल्लाह पनि गरेका थिए । साउन १ गते महानगरले ३५ दिने सूचना जारी गरेर घर तथा भवन निर्माण गर्दा पास भएको नक्सा अनुसार अण्डरग्राउण्डलाई प्रयोग गर्न निर्देशन दिएको थियो । बानेश्वर क्षेत्रमा करिब २२ वटा भवनमा अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर संरचना बनाइएको जनाइएको छ ।

आजदेखि भवनको नक्सापास भए अनुसार प्रयोग नभएको पाएमा महानगरपालिकाले कारबाही गर्ने तयारी गरेको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट