हर्क साम्पाङलाई कसले दियो ६० हजारको साइकल उपहार ?-Sutra News

हर्क साम्पाङलाई कसले दियो ६० हजारको साइकल उपहार ?

सोमबार, ६ भाद्र २०७९

सोमबार, ६ भाद्र २०७९

काठमाडौं – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले साइकल उपहार पाएका छन् । मेयर भएपछि सरकारी सुविधाको गाडी नलिएका हर्कलाई स्कट्ल्याण्डमा बसोबास गर्ने धरानकै एक व्यक्तिले साइकल दिएका हुन् ।



हर्कले सामाजिक सञ्जालमार्फत आफूले उपहारमा साइकल पाएको जानकारी दिएका हुन् । उनले आफूलाई धरानका एक समर्थकले ६० हजार पर्ने साइकल दिएको बताएका छन् । अब छोटो दूरीको यात्रा गर्दा साइकल चढ्ने उनले बताएका छन् ।

उनले लेखेका छन् – ‘छोटो दूरीको यात्रा गर्दा साइकल चढ्नु परो ! अस्तिको दिन स्कट्ल्याण्डमा बसोबास गर्नुहुने धरानका एक समर्थकले दिनु भयो यो ६०,०००/- रुपैयाँ बराबरको साइकल ! अब साइकल प्रतियोगिता आयोजना गर्नु पर्ला पर्यटनको तहत !’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट