मिलन नेवारको ‘जोडी मिलाइदेउ’ सार्वजनिक  -Sutra News

मिलन नेवारको ‘जोडी मिलाइदेउ’ सार्वजनिक  

शुक्रबार, ३ भाद्र २०७९

शुक्रबार, ३ भाद्र २०७९

गायिका मिलन नेवारको नयाँ म्युजिक भिडियो ‘जोडी मिलाइदेउ’ सार्वजनिक गरिएको छ । हरितालिका तीज आउनै लाग्दा गायिका मिलनको स्वर रहेको जोडी मिलाइदेउ म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।



कुटुमा कुटु, सुर्के थैलीजस्ता चर्चित र लोकप्रिय गीतका सर्जक तथा संगीतकार राजनराज सिवाकोटीको जोडी मिलाइदेउमा शब्द सृजना र संगीत छ ।

साथै फूलबुट्टे सारीजस्ता चर्चित गीतको भिडियोको निर्देशन गरेका राजेश पुमा राईले निर्देशन गरेको जोडी मिलाइदेउको भिडियोमा करुणा श्रेष्ठलाई फिचरिङ गरिएको छ ।

उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादनमा रहेको भिडियोको कोरियोग्राफर सन्तोष राजबहाक हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट